दीर्घकालिन संघर्षपछि यो हाइड्रोको लगभग डेढ करोड कित्ता शेयर नेप्सेमा सुचिकृत

Ram Gautam News and update , share market news , October 23rd, 2020

प्रत्याभूतकर्ता र कम्पनीबीचको करिब १ वर्षको विवादपछि अन्ततः शिवश्री हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको छ।

शिवश्री हाइड्रो कम्पनीको १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर धितोपत्र सूचीकरण नियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनसक्ने गरी कात्तिक ५ गते सूचीकृत भएको हो।

शिवश्रीले २०७६ असोज १६ गतेदेखि कात्तिक १५ गतेसम्म सर्वसाधारणका लागि ३३ लाख ५१ हजार १ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो। कुल शेयरमध्ये ७ लाख २० हजार कित्ताका लागि आवेदन परेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये २६ लाख ३० हजारभन्दा बढी शेयर बिक्री नभएपछि प्रत्याभूतकर्ता र कम्पनी बीच विवाद भएको थियो। कम्पनीका प्रत्याभूतकर्ता मुक्तिनाथ क्यापिटल र सिबिआईएल क्यापिटल हुन्।

प्रतिक्रिया