सिराहाको सगरमाथा मावि परिवार र प्रअ दोस्त बहादुर भट्टराईबाट बडा दशैँको शुभकामना

Ram Gautam Birthday , News and update , welcome by dignitaries , October 22nd, 2020

कोरोनाले सम्पुर्ण मानव जातिलाई इन्तु न चिन्तु पारेतापनि हामी हाम्रा बर्षौ देखि मनाउदै आएको मौलिक पर्व र संस्कृति भुल्न सकदैनौ । अवको २ । ४ दिनमा हामी सवैको घर आँगनमा आई रहेको बडादशैँले सम्पुर्ण मानव जातिलाई कोरोनाबाट मुक्ती देओस भन्ने शुभकामना छ । सगरमाथा विद्यालय, दोधाराको सम्पुर्ण समाज, विद्यालय परिवार, सञ्चालक समिति , विद्यार्थी, अभिभावकको तर्फबाट यो पावन घडीमा कोरोना रुपि व्याधिबाट बच्दै बडादशैँ मनाउन हौसला मिलोस । आगामी दिन मानवता लागि ठूलो चुनौति बनेको कोरोनालाई पराजित गर्न पनि सहजता प्राप्त गर्न सजिलो होस भन्ने शुभकामना व्यक्त गर्दछौ
दोस्तबहादुर भट्टराई
तथा
सम्पुर्ण विद्यालय परिवार
सगरमाथा माध्यमिक विद्यालय ढोढ्ना बिरनगर
सिराहा


सगरमाथा माध्यमिक विद्यालयमा ६०० विद्यार्थीले शिक्षा आर्जन गरि रहेकाछन् । लगभग १५०० विद्यार्र्थीले एसइई उतीर्ण भएर गएकाछन् अर्थात साविकको एसएलसि र अहिलेको एसइई गरेका छन् र २०१० सालमा स्थापना भएको यो विद्यालयलाई युवा प्रअ दोस्त बहादुर भट्टराई र व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र चौधरी लगायत सवै पदाधिकारीले २० जना स्टाफको सहयोगमा नेतृत्व दिइ रहनु भएको छ ।


यो विद्यालयको सवैभन्दा राम्रो बिशेषता के हो भने यसले विद्यार्थीलाई पढाईको साथसाथै समाजीकिरण बन्न पनि सिकाइन्छ । कोरोनाको बेलामा पनि सम्पुर्ण विद्यार्थीलाई माक्स लगाएर गाऊँको सफाई गराएको देख्न पाइन्छ । यसले एकातर्फ गाऊँ सफा हुन्छ । त्यो भन्दा पनि गाउँलेहरुलाई सडक सफा राख्न सिकाउनुको साथै भिडभाडमा जाँदा मास्क लगाउनु पर्छ भन्ने पनि प्रयोगात्मक रुपमा देखार्यएको छ ।


यो विद्यालयमा नेपाल स्ट्यान्डर्ड अनुसारको फिजिक्स, क्यामिष्ट र बायो ल्याव छुट्टा छुट्टै व्यवस्था गरिएको छ । त्यसैगरी फराकिलो ग्राउण्डको वरीपरी अशोक बृक्षले आच्छादित अति नै रमणीय स्वच्छ वातवरणमा उभिएको छ । केही कोठा कम भएर यो विद्यालयले हालै थप एक भवन शिालान्यास गरेको छ ।


लाहान नगरपालकिाका मेयर मुनी शाह, उपमेयर सरीयार चौधरी, विद्यालय रहेकोको वाड नं १५ का वाडाध्यक्ष तेज नारायण चौधरी लगायत समपुर्ण अभिभावकहरु विद्यालयको उन्नतीको कार्यमा सचेत रहेको पाइन्छ । यो विद्यालयलाई २ जना भद्र व्यक्तित्वहरुले जग्गा दान गर्नु भएको छ । उहाँहरुको नाम अशिया देवी चौधरी र निरेन कुमारी चौधरी हो यस्तै उच्च हृदय भएका दाताहरुको कारणले देशभर अनेक विद्यालय उभिएका छन् । उहाँहरुलाई इस्टडीपेज बिशेष धन्यवाद दिन चाहान्छ ।


शिक्षण सिकाई र सामाजिकीरणमा अब्बल मानिएको यो विद्यालयको प्रअ दोस्तबाहादुर भट्टराईले २०७४ पौष महिनाबाट नेतृत्व लिनु भएको हो । यो विद्यालय विद्यार्थि शिक्षक र सञ्चालक समिति सवैमा यो विद्यालयलाई देशको उदाहरणीय विद्यागृह बनाउन हौसला मिलोस भनी इस्टडी पेज यसको उत्तर उत्तर प्रगतिको कामना गर्छ ।


विद्यालयको सहयोगमा रामप्रसाद गौतम

प्रतिक्रिया