भोलीबाट बैंकहरु बन्द हुने तर कुन सेवा खुल्ला हन्छन् ?

Ram Gautam economy , News and update , October 22nd, 2020

दशैं बिदामा ५ दिन बैंक बन्द हुने भएका छन् । कोभिड संक्रमण बढ्दै गएकाले नेपाल बैंकर्स संघले ५ दिन बैंक शाखाहरु बन्द गर्ने निर्णय गरेको छ । जसअनुसार भोलि कात्तिक ७ गते फूलपातिदेखि कात्तिक ११ गतेसम्म बैंकका शाखाहरु बन्द हुनेछन् ।

त्यसैले आज कात्तिक ६ गते अधिकांश बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको भिड लागेको छ । विगतका वर्षहरुमा दशैं तिहारको बिदामा पनि बैंकहरुले ग्राहकहरुलाई पैसा झिक्न तथा राख्न सजिलो होस भनेर मुख्य–मुख्य शाखा कार्यालयहरु निश्चित समयका लागि खोल्ने गरेका थिए । यस अवधिमा डिजिटल बैंकिङ सेवा र एटीएम भने सुचारु हुने बैंकहरुले जनाएका छन् ।

प्रतिक्रिया