विकासप्रेमी मेयर कालीप्रसाद दास द्वारा सुनबर्षीमा बिकास चाहानाका साथ बडादशैंको कोरोनामुक्ति शुभकामना

Ram Gautam Birthday , economy , News and update , welcome by dignitaries , October 20th, 2020

यस सुनबर्षी नगरपालिकाका करिव ५३००० बढी जनता लगायत समग्र मानव जातिलाई बडादशैंको शुभकामना । अहिले मानव जातिलाई २ चीजले सताइरहेको छ यसमा पहिलो हो भोक, रोग , गरिवी, अशिक्षा, कुपोषण अशुद्ध वतावरण र दोश्रोमा अहिले आएको कोरोना यो दुवै दीर्घ व्याधिबाट सवै मानव जातिलाई छुटकारा पाउनमा दुर्गामाताको आर्शिवाद लागोस भन्ने शुभकामना व्यक्त गर्न चाहान्छु । समानान्तर रुपमा चलीरहेको ब्रह्मचारिणी कात्यायानी शुभआर्शिवाद सवैमा प्राप्तहोस भन्दै देवीमातालाई नमस्तस्यै नमस्तस्य भन्न चाहान्छु । देशमा शान्ति र समृद्धि छाओस नगर सुनबर्षीमा सम्पन्नता आओस । म, उपमेयर लगायत सम्पुर्ण वाड अध्यक्ष र पदाधिकारीको तर्फबाट सम्पुर्ण मानिसलाई कोरोनाबाट मुक्ति पाउन दुर्गामाताले सहयोग गरुन् भन्ने शुभाव व्यक्त गर्छु ।


कालीप्रसाद दास
मेयरः सुनबर्षी नगरपालिका मोरङ


सुनबर्षी नगरपालिका नेपालको पुर्वितराईको नगरपालिका हो । विराटनगरको ३० किमि पुर्व दक्षिणपुर्वको यो नगर पालिकाको पुरै क्षेत्र समथर छ, हरिया खेत, सिमसार, हुँदा हुँदै पनि यहाँ कतैबाट नहर जोडिएको छैन , त्यसैले प्रत्येक किसानको खेतमा विद्युत पुर्याएर त्यहाँ कृषि क्रान्ति गर्ने जोश छ मेयर कालीप्रसादमा ।

photo from face book


धान गँहु र दलहन यहाँको जीवन हो । यो नगर पालीका अहिले विकासको मुलधारमा आएको छ । मेयर कालीप्रसाद दासको दिन रातको मिहिनतले गर्दा नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको संयुक्त प्रयासबाट यो नगरपालिकालाई सडक सञ्जालबाट घेरिदै छ । हुलाकी राजमार्गबाट केही सडक भारतको विहार राज्य सम्मको सीमा जोडिएका छन् भने हुलाकी राजमार्ग र महेन्द्र राजमार्गबाट सुनबर्षी देशका अनेक भागसंग जोडिएको छ । यसको राम्रो पक्षलाई यथावत राख्दै अहसहजतालाई सहजतमा ल्याउन नगरपालिका लागेको छ ।

मेयर दासले जनाए अनुसार नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी, सिंचाई, सिंचाईका लागि खेतखेतमा पानी तान्न विद्युत पु¥याउनु उहाँको सद्अभिलाषा हो । यो क्षेत्रलाई कृषिको पकेट क्षेत्र र शिक्षाको केन्द्र बनाउदै जसरी हुन्छ हजारौ युवालाई काममा लगाउन हरसंभव प्रयास गरिएको छ ।
गाउँपालीकामा ६ वटा विद्यालयहरु र एक क्याम्पस रहेका छन् यसैबाट आम बालबालिकालाई गुणस्तरीय, सिकाई मुलक शिक्षा दिने प्रयत्न गरिएको छ ।

कृषि शिक्षा स्वास्थ्य र पुर्वाधार सुनबर्षी बिकासको मुख्य आधार भन्ने नारा र भिजनका साथ यो नगरपालिका अहिले अगाडी बढी रहेको छ । नगरपालिकाका सबै वडाहरु जस्तै जोगीधाम, अमरदह भेलाई, जाँगिटोल, टकुवा सिक्री डाँगी, बरडंगा, हरिस्चन्द्रगढी र डाइनीयालाई कालोपत्रे सडकले जोडेर एक आपसमा उत्पादित उत्पादन अंन्न तरकारी, माछामासु पु¥याउने सपना पालिकाले बोकेको मेयरको भावनाबाट बुझ्न सकिन्छ ।


अहिले झंगीटोल पटवारी गान्धी आश्रम हुँदै केतन शुक्रबारे सम्म सडक निर्माण हुँदैछ भने , राम सिवाकोटी देखि सुनबर्षी सम्मको बाटो पनि कालोपत्र हुँदैछ । त्यसैगरी टकुवा,बरडाँगी हुँदै ठगुवान लालपोखरी सम्मको बाटो पनि निर्माणको चरणमा छ । पिपल चौर ३ नंवर वडा भेलाईबाट ४ नंबर वडा जांगीटोल र ६ नंवर वडा सिक्रीडाँगी जोड्ने सडक पनि बनी रहेको छ । यसरी यो नगरपालिकामा सडक निर्माणको काममा तिव्रता ल्याईएको छ ।


संम्पुर्ण स्थानीय निकायका जनता, राजनीतिक दल आदिको सहयोगको कारणले अहिले यो नगरपालिकामा स्वास्थ्यको क्षेत्रमा एलोपेथीको लागि सरकारको नीति अनुसार अनिवार्य १५ सैयाको अस्पताल बनाउने नीति बमोजिम काम गरिदैछ । एलोपेथीका साथै यो क्षेत्रमा आर्युवेदिक चिकित्साको बारेमा पनि के गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भै रहेको छ । जनताको खेतमा जसरीहुन्छ कृषि विद्युतिकरण गरेर सिंचाई सुविधा बढाउने पनि प्रयास भै रहेको छ । तरकारी उत्पादन बढाएर स्थानीय माग पुरा गर्दै विरानगर सम्म बिक्री सञ्जाल अभिलाषा मेयर दासमा रहेको छ ।

facebook photo


यो क्षेत्रमा बेसिजनको तराकारी उत्पादनका लागि प्राविधिक अध्ययन भै रहेको छ । स्थानीय स्तरमै शिक्षाको व्यवस्था गरेर परिश्रमी सुनबर्षीका जनतामा चेतना बर्षाउने सद्ुपयास पनि गाँऊपालिकाले गरिदै आएको छ ।
२०७३ साल ११ महिना २२ गते विभिन्न गाविस जोडेर बनेको यो नगरपालिकामा वास्तवमै सुनबर्षी गराउन मेयर उप मेयर लगायत हरेक वडाका वाडअध्यक्ष्य लागी परेको देखिएको छ । ७० प्रतिशत मधिसे मुलका जातिहरु जस्तै राजवंशी, गनगाई ऋषिदेव केवट, दास हरको बसोवास छ भने पाहाडी मुलका राइ लिम्वु बाहुन क्षेत्रीको पनि यहाँ बसोवास छ । यो नगरपालिका लाई देशको उदाहरणीय नगरपालिका बनाउन के गर्न सकिन्छ भन्ने बारेमा नगरपालिकाका सवै एकजुट भएर लागेको बुझिएको छ ।

रामप्रसाद गौतम

प्रतिक्रिया