कक्षा ११ मा नयाँ पाठ्यक्रम पक्का पक्की

Ram Gautam Uncategorised , October 20th, 2020

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू गरिएको स्पष्ट गरेको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी सबै विद्यालयमा कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू गरिएको स्पष्ट पारेको हो ।

यस्तै, ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएकामा केही विद्यालयले पुरानै पाठ्यक्रम अनुसार पठन पाठन गराउने तयारी गरेको गुनासो विद्यार्थी तथा अभिभावकहरुबाट आएकाले नयाँ पाठ्यक्रम अनुसार नै विद्यार्थीको मूल्यांकन गरिने उल्लेख गरिएको छ । मन्त्रालयले नयाँ पाठ्यक्रमको कार्यान्वयनबारे अनुगमन गर्न स्थानीय तहलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया