३ बजे ३ अंकले शेयर घट्दा करोवार ३ अर्ब किन पुगेन, दोष सरकारमा वा उसको निर्णय क्षमतामा

Ram Gautam News and update , share market news , September 30th, 2020

आज नेप्से ३.१९ अंकले शेयर बजार घटेर १५५०.४३ मा अडिएको छ । तर आज पनि कारोवार १ अर्ब ९५ करोड वारपर सिमित भएको छ ।


शेयरको अंक तलमाथि हुनु एउटा कुरा हो तर शेयर कारोबार रकम तल आउनु चिन्ताको बिषय हो । कारोवार रकम किन अन्यत्र डाइभर्ट भै रहेको छ बुझ्न सकिएन । लगानीकर्ताहरु कोरोनसंग डराएका छन् वा सरकारको अकर्मण्य गतिसंग डराएकाछन् बुझ्न कठीन छ ।


बजारमा नाटकीय सिफ्ट छ आज पनि एकातिर जोशी हाइड्रो र अर्को तिर कामनासेवा विकासको शेयर मुल्य १० प्रतिशतले बढेको छ । अरु घेरै कम्पनीको शेयर घटेको छ ।


सरकारसंग कुनै निर्णय क्षमता नै छैन , शिक्षा स्वास्थ्य, कृषि र बैकिग क्षेत्रमा देखिएको अलमलले गर्दा लगानीकर्ता के गर्ने वा नगर्नेको अलमलमा छन् ।
अव सरकारले एउटा निर्णय गर्नु पर्छ कोरोना संग लुक्ने वा संगै संघर्ष गरेर अर्थतन्त्र उकास्ने ?

प्रतिक्रिया