धार्मिक व्यक्तित्व द्धारिकाप्रसाद खनालज्युबाट मानव कोषमा सहयोग

Ram Gautam Birthday , News and update , welcome by dignitaries , September 19th, 2020

काभ्रेमा जन्म भएर काठमाण्डौको सुकेधारामा स्थायी रुपमा बस्नुहुने धार्मिक तथा समाज सेवा प्रेमी द्धारिकाप्रसाद खनालले मानव कोषमा योगदान गर्नु भएको छ ।


उहाँको मुख्य उद्देश्य नै सकेमा अरुको कल्याण गर नसके अरुको हानी नगरौ भन्ने रहेको छ । कहिल्यै कुनै कुरामा नरिसाउने श्रीमति सरस्वती खनाल लगायत अरु कसैलाई कुनै दिन चर्को स्वर नगर्ने , जीवनका हरेक गतिबिधि सद्मार्ग सुकर्मको माध्यमबाट गर्ने मानवतावादी, धर्मलाई सर्वोपरि ठान्ने उहाँले , मानव कोषमा स्वेक्षाले सहयोग गर्नु भएको हो । उहाँले गरेको यो सहयोगलाई मानव कोषको भोका जनतालाई सहयोग गर्ने जमर्कोमा उर्जा थपिएको छ ।

आज भन्द ६५ बर्ष अघि आजको दिन अर्थात असोज ३ गते यो धर्तिमा जन्मनु भएका द्धारिका प्रसाद खनाल ज्यूको रु पाँचसय सहयोग मानव कोषमा सधै चहकिलो अक्षरले लेखिने छ र कोषले यो रकम यथासंभव गरिव गुरुवा र कोरोनाको कारण रोजगारी गुमेका मानिसको कल्याणमा बढी पहिरो पिडितको तत्काल भोक निवारण गर्नका लागि प्रयोग गर्ने छ । उहाँ र उहाँको परिवारमा शुख शान्ति छावस भन्ने कामना राख्दै आज उहाँको जन्म दिनको पनि शुभकामना दिन्छ ।

प्रतिक्रिया