सफल उद्यमशीलता र उदार मनका धनी गोकर्ण ज्ञवालीको बढ्दो समाज सेवा

Ram Gautam Birthday , News and update , welcome by dignitaries , September 17th, 2020

२०२८ साल ६ महिना २७ गते जन्मिएका गुल्मीका गोकर्ण ज्ञवालीले गरिवी निवारणार्थ खोलिएको मानव कोषमा योगदान गर्नु भएको छ ।


कोरोनाको कारण रोजगार विहीन भएकाहरुलाई तत्काल खान खाँचो भएमा सहयोग गर्न बनेको मानव कोषमा अहिले सम्म थोपा थोपा गरेर रकम जम्मा गरिदै छ र यो कोषमा सफल व्यवशायी गोकर्ण ज्ञवालीले पछि कुनै दायित्व नरहनेगरी र पछि अरु थप सहयोग गरेकोले कोष आभारी छ ।


गुल्मी जिल्लामा बुवा तोयनाथ ज्ञवाली र आमा सूर्यकुमारी ज्ञवालीको कोखबाट जन्मिएका गोकर्ण जसलाई कसैले डिल्लीराज पनि भन्छन। हँसरामा क्याम्पस बनाउन , जोहाङ को स्कुलमा तथा नेटाको गुफामा शिवलिंग स्थापनामा समेत सहयोग गरेका गोकर्ण एक सफल व्यवशाय पनि सञ्चलान गर्छन ।

अहिले श्रीमती साबित्री देवी ज्ञवाली, छोरीहरु देनिशा र दिक्षाका साथ काठमाण्डौमा बस्ने गोकर्णले व्यवशायमा जससंग पैसा वसुल गरिन्छ उसप्रति व्यवशायी सधै जिम्मेवार हुनु पर्ने मान्यता राख्नु हुन्छ । जागिर गर्नेले जसको करबाट निक्षेपबाट तलब भत्ता खाएका छन् उनीहरुको हितलाई केन्द्र विन्दुमा राख्नु पर्छ भन्ने मान्यता राखेको पाइन्छ ।
नेपालमा बोस ब्राण्डका कपडाको सर्टिगं र सुटिगं पानीपाखरीमा संञ्चालन गर्ने गोकर्णलाई थप व्यवशायिक सफलताको शुभकामना गर्दै मानव कोष नीजको यश र मान को अपेक्षार्थि रहने छ ।

प्रतिक्रिया