८.८७ रुपिया मुल्य भएको यो फण्डले ४ प्रतिशत प्रतिफल दिन ९ गते बुक क्लोज गर्ने

Ram Gautam GIMES1 (Global IME Sammunat Scheme1) , News and update , September 16th, 2020

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्र्तगत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ को इकाई मुल्य आज ८.८७ रुपिया छ । यो फण्डले लाभांश वितरण गर्न बुकक्लोज गर्दै छ

योजनाले असोज ९ गते एक दिनका लागि इकाईधनी दर्ता पुस्तिका बन्द गर्न लागेको हो। यस अनुसार असोज ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले प्रतिफल प्राप्त गर्न सक्नेछन्।

योजनाले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई ४ प्रतिशत कर सहित का दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

प्रतिक्रिया