राष्ट्रिय विभूती भिमसेन थापाको भवन नभत्काउन आदेश

Ram Gautam Land and Building , News and update , September 15th, 2020

सर्वोच्च अदालतले नेपालकका पहिलो प्रधाानमन्त्री भीमसेन थापाका भाई रणवीरसिंह थापा स्वामी अभयानन्द को काठमाडौं, लगनस्थित पुरातात्विक महत्वको घर शिलखाना नभत्काउन आदेश दिएको छ ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले २०० वर्ष पुरानो शिलखाना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा विपक्षीलाई बाटाको म्यादबाहेक १५ दिनभित्र प्रमाण भए प्रमाणसहित उपस्थित हुन भनिएको छ ।
यो भवनमा स्वर्ण मलम्बा लगाइएको छ ।
भवनमा रहेको विश्वरुपको भित्तेचित्रमा उल्लेखित मिति अनुसार यो संरचना वि।सं। १८७६ मा निर्माण भएको हो । यसलाई सुनको मलम्बा लगाएको र छ वटा गजुर भएको नेपालकै पहिलो महल मानिन्छ ।

२३ मंसिर २०४४ मा यो महल नेपाल सरकारको नाममा दर्ता भएको थियो । त्यसयता यसको प्रयोग र संरक्षण नेपाली सेनाले गरेको छ । यसलाई २०७२ सालको महाभूकम्पले भत्काएको थियो ।

राजा प्रताप मल्लका छोरा चक्रबर्देन्द्र मल्लको शिलालेख जडान भएको चैत्य यही महलमा सुरक्षित रहेको छ । त्यहाँ रहेका विश्वरुप लगायत दुर्लभ चित्रहरू भने भवन पुर्निनिर्माणपछि जडान गर्ने उद्देश्यले राष्ट्रिय संग्रालयमा सुरक्षित राखिएको भीमसेन थापाका प्रतिष्ठानका पदाधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया