कुलमान बिदा भए अब राजनीतिमा

Ram Gautam News and update , Person , September 15th, 2020

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो चार वर्षे कार्यकाल पूरा गर्दै बिदा भएका छन्।
मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनलाई बिदाइ गरियो। बिदाइका क्रममा लिखित र मौखिक मन्तव्य राख्दै कुलमानले आफूले सुरुबाटै प्राधिकरणको हितको पक्षमा अडान लिँदै आएको बताए।


कुलमानले कसैले भनेकै मान्दैन, आफैं खुसी गर्छ भन्‍ने आरोप पनि लाग्यो। हो, मैले प्राधिकरणको हितका लागि केही कुरामा अडान लिएकै छु। ट्रेड युनियनका साथीहरुले राम्रा कुरा गर्दा मानेकै छुु, उनले भने, ुजुन कुराले संस्थाको हित गर्दैन भने मैले अडान लिएकै हो। अब त सानो बच्चालाई पनि थाहा भइसक्यो विद्युत् प्राधिकरण के रहेछ भन्‍ने। कार्यकारी निर्देशकको नियुक्तिमा पनि यति चासो बढ्नु भनेको प्राधिकरणको छवि बढेको रहेछ भन्‍ने पुष्टि भएको छ ।


अव कुलमान घिसिंगले के गर्ने एउटा गंभिर प्रश्न उठेको छ । संभवतः उनले अव राजनीति गर्नु पर्छ सिधै आफ्नो एउटा आधार क्षेत्र बनाएर राजनीति गर्ने हो भने उनी एउटा प्राधिकरण मात्र होइन पुरै देश सुधार गर्न सक्छन् । उनले राजनीति गरेर मन्त्री बनेर एउटै मन्त्रालयको बेटर म्यानेज गर्न सकेमा धेरै कुरा हुन्छ परिवर्तन ।

प्रतिक्रिया