कुलमानको बिदाईको तयारी

Ram Gautam News and update , Person , September 15th, 2020

हिजो मन्त्रीपरिषदले पुन नियुक्ती नगरे पछि नेपाल विद्युत प्राधिकरणले निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको मंगलबार बिदाइ गर्ने तयारी गरेको छ । प्राधिकरणका कर्मचारीले बिदाइ कार्यक्रमको आयोजना गरेका हुन् ।

अहिले भिडभाड गर्न नमिल्ने भएपछि सीमित कर्मचारी मात्र बसेर बिदाई गर्न लागिएको छ ।

४ वर्षे कार्यकाल पुरा गरेर उज्यालो नेपाल बनाएका कुलमान घिसिङले आफ्नो कार्यकालमा वाहवाही कमाएका छन् । उर्जामन्त्रालयले कुलमानको पुनर्नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लगेपनि सोबारे छलफल नै भएको छैन ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमनत्री केपी शर्मा ओलीले कानुनी अड्चन रहेको भन्दै यसबारेमा आफूले थप बुझेर निर्णय लिने बताएका थिए । ओलीको चाहना कुलमानलाई निरन्तरता नदिने रहेको बुझिएको छ ।

उनको पुनर्नियुक्तिबारे निर्णय लिन ढिलाइ भएपछि घिसिङल बिदाई हुने इच्छा देखाएको प्राधिकरणका ती कर्मचारीले बताए । घिसिङकै इच्छा अनुसार विदाइ गर्न लागिएको बुझिएको छ ।

प्रतिक्रिया