विचारमा स्पष्टता र व्यवहारमा दयालुपन भएका उपप्राध्यापक एलबि बस्नेतको सामाजसेवा

Ram Gautam Birthday , human fund , News and update , September 12th, 2020

त्रिभुवन विश्व विद्यालयका उप प्राध्यापक तथा नेपाल कमर्श क्याम्पसका विद्यार्थी कल्याण प्रमुख एलबि बस्नेतले मानव कल्लयाण कोष नामक एक परोपकारी संस्थालाई आर्थिक सहयोग गुर्नका साथै विभिन्न सुझाव प्रदान गर्नु भएको छ । यो कोषले न्युनतम रु. १० आर्थिक सहयोग उठाएर कोरोना लगायत अन्य कुनै कारणले खान नै नपुग्ने अवस्थामा पुगेका व्यक्तिहरुलाई तत्काल केही समय खानाको व्यवस्था गर्न र निरपेक्ष गरिवीको रेखामुनि रहेका मानिसलाई मात्र ३ प्रतिशत व्याजदरमा ऋण दिइ उद्यमशील बनाउने उद्देश्यले खोलिएको एक कोष हो ।

झापाको गौरीगञ्ज गाउँपालिका ३ ठेकीटोला स्थायी घर भै हाल काठमाण्डौ बस्ने एलबि बस्नेतलाई स्थानीयहरु दुःख शुखका साथी भन्ने गरेको पाइन्छ । उहाँका पिताको नाम स्व अमृत बस्नेत र आमाको नाम देवी बस्नेत हो, छोटो परिवारमा श्रीमती प्रिती खनाल बस्नेत, एमविविएस पढ्दै गरेकी छोरी प्रशन्ना र छोरा प्रयासराज रहेकाछन् ।

२० बर्षसम्म निरन्तर प्राध्यापन पेशामा रहेका एलबि बस्नेतले त्रिभुवन विश्व विद्यालयका आंशिक प्राध्यापकहरुको संघमा केन्द्रिय उपाध्यक्ष भै सयौं आंशिक प्रध्यापकहरुलाई करारमा लैजाने कामको नेतृत्व गर्नुकोसाथै पशुपती बहुमुखी क्याम्पस प्राध्यापक संघका पुर्व उपसभापति समेत रहनु भएका नीजले एक पटक कक्षा ११ र १२ को कापी परीक्षण गर्ने .सयौ परीक्षकसंग स्वेच्छिक तरिकाले केही रकम उठाएर बालबालिकाको कल्याण गर्ने एक बालसंगठनलाई रु २२ हजार सहयोग गर्ने कामको पनि नेतृत्व गर्नु भएको थियो ।

यसरी हरेक बिषयमा स्पष्ट बिचार र निर्णय दिन सक्ने र सानो ठूलो सवैसंग मिल्न सक्ने एलबि सरले नितान्त नयाँ किसिमको मानव कल्याण कोषमा पछि कुनै दायित्व नरहनेगरी रु. दुई हजार एक रुपिँया सहयोग गर्नु भएको छ । यो सहयोग बापत मानव कल्याण कोषले उहाँको आगामी दिनको प्रगति र उन्नतीका लागि सदा शुभेच्क्षा र शुभ कामना प्रदान गर्नुका साथै उहाँको जन्म दिन २०२७ साल भाद्र ६ गते परेकोले प्रत्येक बर्ष शुभकामना दिने छ । ंत्यस्तो शुभकामना जसले विश्व व्यापी मान्यता राख्ने छ । विश्व भरका मानिससंग न्युनतम रु १० एकप्रकाको भिक्षा मागेर गरिवीलाई चकनाचुर पार्ने उद्देश्यका साथ शुरु गरिएको यो कोष अहिले सम्म कुनै प्रकारको संगठन भन्दा फरक हुनेछ । यसले नेपाललाई केन्द्रमा राखेर विश्वलाई कर्मक्षेत्र बनाउने छ । यसको शुभकामना भोलीका दिनमा अति मुल्यवान हुनेछ ।

मानिस भएर जन्मे पछि जसलाई पनि सेवा गर्नु तर मेवाको आशा नराख्नु भन्ने हजुरबुवाको अर्ति पाएका एलबिल बस्नेतले आवश्यक परेमा जस्तो सुकै मै हुँ भन्ने ठूला मानिससंग पनि निडर भै सत्यताको पक्षमा बोल्न सक्नु हुन्छ भने आफु भन्दा साना र समानलाई माया गर्ने बानी रहेको छ ।

उहाँले भूकम्प पिडित, बाढी पिडितलाई यथासक्य सहयोग गर्दै आउनु भएको छ । यसै सन्दर्भमा एक पटक कक्षा ११ र १२ को कापी परीक्षण गर्ने साथिहरुसंग रु १०० । २०० का दरले उठाएर भूकम्प पिडितलाई प्रधानमन्त्री राहत कोषमा एभिन्यूज टेलीभिजन मार्फत रु २०,००० दिने काम पनि गर्नु भएको हो ।

एल बि बस्नेतको भनाइ अनुसार आफुले मात्र लगाउन खान त चरामुसाले पनि सक्छ तर मानिसले त्यो भन्दा माथि उठेर मानव परोपकार गर्नु पर्छ भन्ने मान्यता राख्नु हुन्छ । जे होस मानव कल्याण कोष सहित समग्र मानवता उहाँको विचारको अनुकरणीय रहने छ । उहाँको यो सहयोग लाई मानव कल्याण कोष यथासंभव उपयुक्त ठाउँमा सदुपयोग गर्ने छ ।

प्रतिक्रिया