सञ्चार जगतका धरोहर पुष्पलाल पाण्डे द्वारा मानव कल्याण कोषमा आर्थिक योगदान

Ram Gautam Birthday , human fund , News and update , September 11th, 2020

नेपाली सञ्चार क्षेत्र लगायत राजनैतिक , सञ्चार र शैक्षिक क्षेत्रका ज्ञाता पुष्पलाल पाण्डेले मानव कल्याण कोषमा आर्थिक सहयोग गर्नु भएको छ ।

गुल्मी जिल्ला धुर्कोट गाउँपालिका ५ बस्तुमा पिता टोमलाल पाण्डे र आमा बिमला पाण्डेको कोखमा जन्मिनु भएका पाण्डेको परिवारमा श्रीमती घनापाण्डे, नानी आरुषी र छोरा विज्ञान रहेकाछन् ।
उहाँले मानव कल्याणकोष जुन कोरोनावाट पिडित भएर खान नै नपुग्ने अवस्थमा पुगेका मानिसलाई खानाको व्यवस्था गर्न र पछि निरपेक्ष गरिवलाई ३ प्रतिशत व्याजमा ऋण दिएर उद्यमी बनाउनका लागि जम्मा पारिदै गरेको कोषमा पाँचसय पचपन्न पछि कुनै आर्थिक दायित्व नरहनेगरी योगदान गर्नु भएको हो ।

राजनीतिक पृष्ठभूमीका पाण्डे सञ्चारको क्षेत्रमा अति गहिरो अनुभव संगाल्नु भएको छ । स्पेसटाइम दैनिकबाट पत्रकारिता थाल्ुनु भएका पाण्डेले राजधानी दैनिकमा अनेक लेख, २१ औ शताब्दी पत्रिकामा प्रमुख संवाददाता, जनआश्थामा संवाददाता, शैक्षिक चित्रण मासिक र संसार न्यूज डटकमका कर्यकारी सम्पादक हुदै अहिले ऐक्यवद्धता साप्ताहिकमा कार्यकारी सम्पादक रहनु भएको छ ।

दुई बिषय अर्थशास्त्र र आमसञ्चारमा स्नाक्तोकत्तर गर्नु भएका पाण्डेले कैलाशकुट बहुमुखी क्याम्पस, आदर्श विद्या मन्दिर, महेद्र आदर्श विद्याश्रम, कलेज अफ मास कमिसन, एण्ड जर्नालिजम, नवोदित कलेज, मनमोहन कलेज र प्रेसियस कलेजमा अध्यापन गर्नु भएको छ ।
सूचना र सञ्चार क्षेत्रमा वढी कार्यकारी क्षेत्रमा जिम्मेवारी सम्हालेका पुष्पलाल पाण्डेले कुमारी निमावि इस्मा गाउँपालिका ५ रातमाटेमा रु ५० हजारको अक्षय कोष स्थापना गरेका छन् । मानव कल्याण कोष नीजको सुउत्तर गतिको कामना गर्छ ।

प्रतिक्रिया