भारतमा मेट्रो रेल सेवा शुरु

Ram Gautam Land and Building , Technology , September 7th, 2020

कोरोना भाइरसको महामारीले भारतले सरकारले बन्द गरेको मेट्रो रेल सेवा आज फेरि सुरू भएको छ ।

कोरोना भाइरसको महामारीले भारतमा गत मार्चमा बन्द गरिएको मेट्रो रेल सेवा ६ महिनामा फेरि सुरू गरिएको हो ।

मेट्रोमा यात्रा गर्नेले अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्नु पर्ने व्यवस्था गरिएको छ । मेट्रोभित्र पनि भौतिक दूरी कायम गरेर मात्र यात्रु राखिएको छ ।

हाल दिल्ली र चेन्नाइ मेट्रोले बिहान ७ बजेदेखि ११ बजेसम्म तथा अपराह्न ४ बजेदेखि बेलुका ८ बजेसम्मका लागि सेवा सुरू गरेका छन् ।

मुम्बइ, कोलकाता लगायतका स्थानमा भने महामारी बढी भएकाले जारी लकडाउन अन्त्यपछिको अवस्था विश्लेषण गरेर मात्र निर्णय गरिने भारतीय केन्द्रीय शहरी तथा आवास मन्त्री हरदीप सिंह पुरीले बताएका छन् ।

प्रतिक्रिया