यो बर्ष पाठ्यक्रम कस्माइजेशन गरिने

Ram Gautam Education , September 5th, 2020

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसले गर्दा यो वर्षको पाठ्यक्रम दथोरै बनाइने अर्थात आइटिकामे भाषामा कस्टमाइजेशन गर्ने बताएका छन् । भर्जुअल रुपमा आयोजित पत्रकार सम्मेलनमा शैक्षिक सत्रको साढे ४ महिना बितिसकेकाले पाठ्यक्रममा अत्यावश्यक बाहेकका विषयवस्तु पढ्न नपर्ने जानकारी दिए । हाललाई अत्यावश्यक विषयवस्तु समेट्ने गरी पाठ्यक्रमको संस्लेषित कार्यढाँचा जारी गरिनेछ,’ मन्त्री पोखरेलले भने ।

यही भाद्र महिनाभित्र हामी संस्लेषित पाठ्यक्रम कस्टामाइज्ड पाठ्यक्रमविद्यालयहरुलाई उपलब्ध गराउने छौं ।’ शैक्षिक क्यालेन्डर अनुसार १९० दिन वा १०२४ घण्टा पढाइ हुनुपर्दछ । पाठ्यक्रम घटाएपछि भने यो मापदण्ड लागू हुँदैन । अत्यावश्यक कुरा मात्रै राखेर पाठ्यक्रम बनाउन विषयगत टोलीहरूले कार्य प्रारम्भ गरिसकेको पनि उनले जानकारी दिए ।

यस्तै, उनले कोरोना महामारीका कारण शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रका रुपमा मान्यता दिई यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक, अभिभावक र विद्यार्थीमा आह्वान गरेका छन् । उनले घरमै बसेर इन्टरनेट, रेडियो, टेलिभिजन, शिक्षकसँग टेलिफोन सम्पर्कका माध्यमबाट र सूचना तथा प्रविधिको पहुँच नभएका शिक्षकले भौतिक दूरी कायम गरी सिकाइ प्रक्रियामा अमूल्य योगदान दिनुपर्ने बताए ।

उनले शुक्रबारको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भएको बताए । सूचना र सञ्चारको पहुँच भएका तथा नभएका विद्यार्थीको सिकाइ निरन्तरताका लागि कार्ययोजना ल्याउन निर्देशन दिएको जानकारी दिए । मन्त्री पोखरेलले भने, ‘हतार हतार शैक्षिक संस्था खोल्ने निर्णय गरेर संक्रमण थप फैलिएमा नेपालले त्यसलाई धान्न सक्दैन । कतिपय विश्वका अन्य मुलुुकको उदाहरणले पनि हामीलाई यही सिकाइरहेको छ । त्यसैले अहिले वैकल्पिक विधिको शिक्षाको विकल्प छैन ।

प्रतिक्रिया