भ्रष्टाचारामा फसेपछि यि लोकप्रिय प्रधानमन्त्रीले सवै गुमाए

Ram Gautam News And Update , Person , June 30th, 2020

भ्रष्टाचार नेपालमा मात्र होइन विश्वका अन्य देशमा पनि अति नै अलोक प्रिय हुन्छ ।

पेरिस फ्रान्स फ्रान्सका पूर्व प्रधानमन्त्री फ्राँस्वाँ फियोँ र उनकी पत्नी पेनेलोप फियोँलाई त्यहाँको एक अदालतले सार्वजनिक कोष दुरूपयोग मुद्दामा दोषी ठहर गरेको छ ।

सोझो शब्दमा भ्रष्टाचारमा उनी दोषि भेटिए । यो काण्डले गर्दा उनी लोकप्रिय हुँदा हुँदै पनि चुनाव लड्न नै पाएनन् ।

फियो प्रधानमन्त्री हुँदा संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली जागिर सिर्जना गरी त्यसबापत रकम लिएको भनी परेको मुद्दामा अदालतले यिनीहरु दुबैलाई दोषी ठहर गरेको हो ।

यस कामका लागि पेनेलोपले ८ लाख ३१ हजार ४०० यूरो भुक्तानी लिएकी थिइन् । अदालतले फियोँलाई पाँच वर्ष र पेनेलोपलाई तीन वर्षको सजाय तोकेको छ । दुवै जनालाई तीन । तीन लाख ७५ हजार यूरो जरिवाना तिर्न आदेश दिइएको छ । यसका साथै गैर–कानूनीरूपमा लिएको उक्त दश लाख यूरो राष्ट्रिय सभालाई फिर्ता गर्न निर्देशन पनि दिइएको छ ।
यसै प्रकरणका कारण सन् २०१७ को राष्ट्रपतीय निर्वाचनमा विजयको बलियो सम्भावना हुँदा हुँदै पनि फियाँले अभियानबाट पछाडि हट्नु परेको थियो । यसरी हिरासतको सजाय पाउने उनी सन् १९५८ यताका सबैभन्दा वपिरष्ठ फ्रान्सेली राजनीतिक व्यक्तित्व हुन् । एजेन्सी

प्रतिक्रिया