विज्ञानले जतिसुकै बिकास गरेपनि गुगलबाट धान डाउनलोड हुँदैन यसलाई जग्गा नै चाहिन्छ

Ram Gautam Land and Building , News And Update , June 29th, 2020

विश्वले जति सुकै विज्ञानको विकास गरे पनि वा विज्ञानले जति सुकै विश्वको बिकास गरेपनि संसारको कुनै कारखानामा अन्न वा धान निर्माण हुन सक्दैन यसका लागि माटो र पानी नै चाहिन्छ । विश्व जति सुकै कम्प्युटराइज भएपनि गुगलबाट धान डाउन लोड गर्न सकिदैन । धान डाउन लोड गर्ने एक मात्र आधार खेत हो । यहि खेतबाट उब्जनी धानले विश्मा ८० प्रतिशत मानव जातिको जविन दान गरेको छ ।
यहि धानको रोपाई गर्ने उत्तम समय आषढ पहिलो हप्ता देखि तराईमा त साउन भर रोपाई गर्न सकिन्छ । तर आषढ धान रोप्ने सर्वाधिक उत्तम दिन हो । यसैलेआज असार १५ लाई धान दिवसको रुपमा मनाइन्छ । त्यसैको सम्मान स्वरुपम धान र खेतको चित्र यहा देखाइएको छ ।

प्रतिक्रिया