त्रिभूवन विश्व विद्यालयले पनि परीक्षा नगर्ने भयो आन्तरिक मुल्यांकनबाट रिजल्ट दिने

Ram Gautam Education , News And Update , June 29th, 2020

एसईई मा आन्तरिक मुल्यांकन प्रणली अपनाए झै त्रिभुवन विश्वविद्यालयले पनि सेमेस्टर प्रणालीका कुनैपनि परीक्षा नलिने भएको छ । अब अन्तिम परीक्षा नलिई आन्तरिक मूल्यांकनका आधारमा अंक दिएर नतिजा प्रकाशन गर्ने निर्णय जस्तै त्रिविका सबै सेमेस्टर प्रणालीका परीक्षाहरुपनि स्थगित गर्ने निर्णयमा त्रिवि पुगेको हो ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बार्षिक परीक्षाका लागि भने अझै केही निर्णय भएको छैन तर सेमेस्टर प्रणालीका परीक्षा भने क्याम्पसले दिने अंकलाई नै आधार मानेर नतिजा प्रकाशन गर्ने तयारी भएको जानकारी दिए । त्रिविले स्नातकोत्तर तहका सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेर क्याम्पसको आन्तरिक मूल्यांकनबाट अंक दिनेलाई नै मान्यता दिने र नतिजा प्रकाशन गर्ने तयारी छ । काठमाडौ विश्वविद्यालयले यसरी नै नतिजा प्रकाशन थालिसकेको छ ।


अन्य बार्षिक पढाई हुने बिषयमा भने यसबारे सोचीदैछ ।

प्रतिक्रिया