मलाई प्रधानमन्त्री पदमा बसी रहन मन छैनः प्रधानमन्त्री ओली

Ram Gautam News And Update , Person , June 28th, 2020

आज मदन भण्डारीको जन्म जयन्तीको अवसरमा प्रधानमन्त्रीले पहिलो पटक आफुलाई प्रधानमन्त्री पदमा बसी रहन मन नभएको बताएका छन् । पदमा टासिइ रहन मन नभएको तर यो पटक नक्शाको कारण पदबाट हटेमा भोली जो देशको पक्षमा बोल्छ उसको पद नरहने हुँदा अहिले अडिनु पर्ने बताएका हुन् ।

उनले भने पहिले यहाँहरुलाई सम्झना होस्, चीनतिर पनि ट्रान्सपोर्ट ट्रान्जिट एग्रिमेन्ट गरेर फर्किएपछि सरकार ढल्याथ्यो, किनभने हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भयो, नक्सा जारी भयो, त्यसो भएपछि यस्तो अपराध गर्ने केपी ओलीलाई अब‘ भित्र–भित्रको कुरा हो । बाहिर–बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई चाहिँ, दिल्लीका सञ्चार माध्यमहरु सुन्नोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ केके भैराख्या छ ।

यहाँका होटलहरुमा भइराखेका गतिविधिहरु, त्यसले पनि बताइराखेको छ । एम्बेसीको सक्रियता, त्यसले पनि बताइराखेको छ । ओली बताएका छन् ।

तर, म तपाईहरुलाई यत्ति भन्दिन्छु– नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापेवापत, संविधानमा नक्सा सामेल गरेवापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन । यो नसोचे पनि हुन्छ । त्यसकारण यो भ्रम‘ । कोसिस गर्नेलाई त गर्न दिनू । तर, हिजोको जस्तो होइन । कसैले हतारो नगरे पनि हुन्छ । र, कसैले विभिन्न आग्रहहरु नपाले पनि हुन्छ ।

मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन । तर, यतिबेला म हट्ने हो भने फेरिदेखि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्नेछैन । किनभने, भोलिपल्ट बर्खास्त हुन्छ । त्यसकारण मैले आजको लागि हैन, भोलिका लागि । आफ्ना लागि हैन, देशका लागि ।

र, हाम्रो पार्टी अनि संसदीय दल यस्ता बहकावमा कुद्नेवाला पनि छैन, यति कुरा नुबझ्ने, अञ्जान खेलमा सामेल हुनेवाला पनि छैन । यसको अगुवाईमा अहिलेका परिवर्तनहरु भएका छन् । किनभने, यसको पृष्ठभागका जननेता मदन भण्डारीका स्पष्ट विचारहरु छन् र त्यसबाट निर्देशित भएर यो पार्टी चल्या छ ।

अहिलेको संसदको दुईतिहाई जस्तो हिस्सा जननेता मदन भण्डारीका विचारहरुबाट निर्देशित भएर अगाडि बढेको छ । त्यसकारण भुलचूकले नक्सा छापिएको होइन । कतिपय मान्छेले मलाई भने, पोइन्ट अफ नो रिटर्न । नक्सा छाप्ने कुरा, संविधान संशोधन गर्ने कुरा पोइन्ट अफ नो रिर्टन । मैले भन्नेगर्‍या छु पोइन्ट अफ नो रिटर्न नै गर्‍या हो । यस अभियानबाट हामी फिर्तै हुँदैनौं । त्यसकारण यहाँ पोइन्ट अफ रिटर्न राख्ने कुरै थिएन । पोइन्ट अफ नो रिटर्न । हामीलाई हाम्रो भूमि चाहियो । फिर्ता नलिइकन छोड्दैनौं । पोइन्ट अफ रिटर्न छैन । पोइन्ट अफ नो रिटर्न

प्रतिक्रिया