सरकारले लकडाउको बेलामा सलह मार्ने जागिर खुलायो

Ram Gautam Land and Building , News And Update , Technology , June 27th, 2020

प्रदेश ५ सरकारले सलह किरा छोपर ल्याउनेलाई प्रति किलो रु २० दिने निर्णय गरेको छ । आज बुटबल क्षेत्रमा व्पापक सलह आएर अन्नबाली र धान मकै खान थाले पश्चात त्यसबाट बच्नका लागि सरकारले यस्तो निर्णय गरेको हो ।

‘सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरेको कुरा भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।

सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ । बास बसेका बेलामा समातेर जम्मा गरेर क्षति रोकिनुका साथै मिहेनत वापत प्रोत्साहन रकम लिन मन्त्रालयले अपील गरेको छ । मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले सवैलाई अथ्र्याएको छ ।

३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाएर छर्के पछि सलह मर्ने सरकारको भनाई छ ।

यसैगरी सरकारले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न अनुरोध गरेको छ । ‘
सलह किरा हावाको वहाव जता हुन्छ, त्यतै जान्छ । शनिबार रुपन्देहीमा देखिएका सलह पाल्पा र गुल्मीतर्फ लागेको मन्त्रालयले जनाएको छ । सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।

प्रतिक्रिया