कोरोनाको महामारीमा जन्मदिन नमनाउने पुर्वराजाको शंन्देशोक्ती भित्रको सन्देश

Ram Gautam Birthday , News And Update , June 24th, 2020

नेपाल अधिराज्यका पुर्व राजा ज्ञानेन्द्र शाहाले कोरोनाको कारण आम जनताले भोग्नु परेको अनेक दूःख पिडाका कारण यहि आषाढ २३ गते पर्ने आफ्नो जन्म दिन समेत नमनाउने घोाषण गरेर जनता प्रति आफ्नो असीम सद्भाव रहेको भाव प्रकट गरेका छन् ।


मानिसका लागि जन्म दिन सवैभन्दा खुशिको दिन हो यो दिनको अनुकुलताको कारण मानिस यो धर्तिमा जन्मन पाएको हुन्छ । धेरै मानिसले जस्तो सुकै अवस्था भएपनि आफ्नो जन्म दिन मनाएर आफुलाई एकबर्ष परिपक्व र अनुभवी भएको सूचना आम जनमानसमा पुर्‍याउन चाहान्छ । यस्तो महान् दिन पनि नमनाउने घोषणा गर्नु पूर्वराजाको महान् भुजन चिन्तनको परिचायक हो ।

आज नेपालमा हजारौ जनता या त रोगबाट त्रस्त छन् भने करोड बढी रोजगारी गुमेका मानिस भोक तथा भोक पुर्वअभ्यासको विकराल बर्तमानमा ज्यूत्यूँ ज्यूँदो भएको महसुस मात्र गरिरहेका छन् । यस्तो बेलामा बीना कुनै रक्तपात गद्धि छोडेर जनतालाई अधिकार दिएर हिडेका पुर्व राष्ट्र प्रमुख देश रोई रहेको बेलमा आफु हाँस्न हुँदैन भनी गरेको निर्णय ज्यादै नै सोचनीय छ ।


मानिस जन्मको कारण मानव छ र अजन्मा मानव कहिल्यै हुन सक्दैन । त्यसैले जन्म दिन नमनाउनु भनेको आफुलाई भन्दा जनतालाई र जनतालाई भन्दा देशलाई माया गर्ने शासकीय सोंचको वैचारिक उद्भव हो, यसैको परिचायक बनेको छ पूर्व राजाको घोषणा ।

पुर्व राजाले विदेशबाट फर्केर रोजगार बिहीन भएकालाई यथाशिघ्र रोजगारीको व्यवस्था गर्नुपर्ने आवश्यकता माथि जोड दिदै हाम्रो देशभक्ति, स्वाधीन स्थिति एवं स्वाभिमानमाथि पटक पटक किन प्रश्न, सन्देह र विवाद विग्रह उत्पन्न हुन्छ ? जनताको सुरक्षा, स्वास्थ्य र जीविकाका विषयमा किन अलमल, असन्तोष र आक्रोश उठिरहन्छ ? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहितविरुद्धका सन्धि सम्झौता तथा हत्या, हिंसा र आत्महत्या जस्ता जल्दाबल्दा र दुःखद् विषय सन्दर्भमा पनि किन सधैंभरि विवाद आइरहन्छ ? भन्ने प्रश्न पनि सोधेका छन् ।
राजाको संदेश भित्र अन्तर निहीत थप केही भावहरु यस्ता छन् भ्रष्टाचार, लापरवाही, पक्षपातजस्ता विषय पनि आइरहेको भन्दै ‘यस्ता यावत विषयलाई लिएर हाम्रा होनहार युवाहरू, तमाम देशभक्त स्वतन्त्र नागरिकहरू सडक संघर्षमा किन उत्रिरहनुपर्ने अवस्था सिर्जना भइरहन्छ ? यो सोचनीय विषय भएको संन्देशमा भनिएको छ ।

‘राष्ट्रियता नै हाम्रो मूल मन्त्र हो र एकता नै हाम्रो शक्ति हो । यही ऐतिहासिक सम्पत्तिको जगेर्ना गर्दै अतीतबाट पाठ सिक्दै अघि बढ्नु नै हाम्रो राष्ट्रिय कर्तव्य र धर्म हो ।’ भन्ने विचारका माझ पुर्व राजाको जन्म दिन स्मरणार्थ यो लेख ।

प्रतिक्रिया