रामदेवको पतञ्जलीले बनाएको औषधि लञ्च हुन नपाउँदै प्रतिबन्ध किन ?

Ram Gautam News And Update , Technology , June 23rd, 2020

बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको कोरोना औषधी ‘कोरोनिल’ माथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । मंगलबार भारतको आयुष मन्त्रालयले उक्त कम्पनीले ल्याएको कोरोनिल औषधीको प्रचार प्रसारमा रोक लगाएको हो ।

मन्त्रालयले कम्पनीलाई यस किसिमको औषधी त्यसको विज्ञापन तत्काल रोक्न आग्रह गर्दै यो विषयमा राम्रोसँग अध्ययन अनुसन्धान भइनसकेकोले विज्ञापन गर्नु उचित नहुने जनाएको छ । पतञ्जलीले कोरोना उपचारका लागि भनेर बाहिर ल्याएको औषधीको वैज्ञानिक अध्ययन नभएको समेत मन्त्रालयले जनाएको छ ।

उक्त कम्पनीसँग मन्त्रालयले औषधीबारे सम्पूर्ण प्रमाणहरु पूर्ण जानकारी ल्याउन समेत निर्देशन दिएको छ । मन्त्रालयले औषधीबारे पूर्ण जानकारी दिन र औषधीमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ । मन्त्रालयले भनेको छ–‘औषधीमा सबै प्रकारका परीक्षण नगरी अर्को आदेश नहुञ्जलेसम्मका लागि प्रतिबन्ध भएको जानकारी गराइन्छ ।’ हिन्दी जागरणबाट
यद्यपी रोगीहरुमा यो औषधि प्रति अथाह आश्था रहेको बुझिएको छ ।

प्रतिक्रिया