जन्मदिनको शुभकामना

Ram Gautam Birthday , News And Update , June 19th, 2020

भारतका प्रतिपक्ष दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गांन्धीको आज जन्म दिन हो । आज उनी ५० बर्षका पुगे । बुवा राजिव गांन्धी र सोनिया गांन्धीको गर्भबाट १९६९, जुन १९ मा उनको जन्म भएको हो । उनका बुवा हजुर आमा र जीजु हजुर वुवा राजिव गांन्धी, इन्दिरा गांन्धी र जवहारलाल नेहरु भारतका प्रधानमन्त्री बनेका थिए । आमा सोनिया गांन्धी र उनी सन् २००४ देखि २०१४ सम्म देश संञ्चालनको मुख्य जिम्मेवारीमा रहेका छन् । सन् २००९ मा उनले चाहेको भए प्रधानमन्त्री बन्न सक्थे किन उनले त्यो मौका लिएनन् त्यो रहस्य अहिलेसम्म विद्यमान छ ।


यो बर्ष उनले जन्म दिन नमनउने भएको खवर आएको छ । भारत र चीनबीचको सीमा क्षेत्र लद्दाखमा भएको हिंसामा परी भारतका सैनिक मारिएकोप्रति दुःख व्यक्त गर्दै उनले आफ्नो ५० औँ जन्मोत्सव नमनाउने बताइएको छ । भारत र चीनबीचको लद्दाखस्थित ग्वालन भ्यालीमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको बताइएको थियो । त्यस झडपमा भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ ।

यसरी देश संकटमा रहेको कारणले जन्म दिन समेत नमनाउने उनको निर्णयले ठूलो राजनीतिक अर्थ राख्छ । उनले कोरोनाबाट गरिव जनतालाई उठाउनका लागि जनताको खातामा पैसा जम्मा गर्नु पर्ने विषयको वकालत गर्छन् ।


कोरोना पछि उनीहरुले शहरबाट गाउँ फर्कि रहेका जनताको भाडा सरकार तिरी दिनु पर्छ भन्ने वकालत गरेका थिए । आजपनि उनी मोदी पछि सवैभन्दा बढी खोजिने भारतीय नेताहुन् राहुल । त्यसैले उनको उत्तर उत्तर प्रगतिको कामना गर्छ इस्टडी पेज ।

प्रतिक्रिया